स्पेनको उत्तर–पूर्वी क्षेत्रमा भीषण डढेलो: २,३०० हेक्टर वन क्षेत्र खरानी, १० हजार स्थानीय प्रभावित

लोकपथ
0
Shares

काठमाडौं । स्पेनको उत्तर–पूर्वी क्षेत्र क्याटालोनियामा लागेको भीषण डढेलो नियन्त्रण बाहिर पुगेको छ । शुक्रवार साँझदेखि सुरु भएको यस डढेलोले हालसम्म करिब २,३०० हेक्टर जमिन नष्ट गरिसकेको छ । 

जिरोना प्रान्तका विभिन्न नगरपालिकाहरूका करिब १० हजार बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छभने अन्य नागरिकलाई घरभित्रै बस्न निर्देशन दिइएको छ । 

डढेलोका कारण धेरै सडकहरू अस्थायी रूपमा बन्द गरिएको भए पनि हालसम्म मानवीय क्षतिको कुनै विवरण प्राप्त भएको छैन र सबै बासिन्दा सुरक्षित रहेको बताइएको छ । 

तीव्र गतिका हावाका कारण डढेलो नियन्त्रणमा कठिनाइ भइरहेको छ भने यसले गर्दा नजिकैको प्रकृति संरक्षण क्षेत्रसम्म आगो फैलिन पुगेको छ । अग्नि नियन्त्रणका लागि ४०० भन्दा बढी अग्नि नियन्त्रक, हेलिकप्टर र विशेष विमानहरू परिचालन गरिएको छ । 

स्थितिलाई थप जटिल बन्न नदिन स्पेनको सैन्य आपत्कालीन इकाईले २०० सैनिक र ६० वटा सवारी साधनहरू समेत परिचालन गरेको छ ।

जिरोना क्षेत्रका अग्नि नियन्त्रण अपरेसन प्रमुख फेरान गार्सियाले डढेलोको फैलावट अग्निनियन्त्रकहरूको क्षमताभन्दा बाहिर जान सक्ने जोखिम रहेको बताए । उनले हालको प्राथमिकता आगोलाई निश्चित घेराभित्र सीमित राख्ने र क्षति न्यूनीकरण गर्ने रहेको जानकारी दिए । 

स्थानीय प्रहरीलाई उद्धृत गर्दै स्पेनी सञ्चारमाध्यमहरूले जनाएअनुसार आगजनीको आशंकामा एक कामदारलाई नियन्त्रणमा लिइएको छ । प्रारम्भिक अनुसन्धानले सडक मर्मतका क्रममा प्रयोग गरिएको मेसिनरीबाट निस्किएको झिल्कोका कारण आगो सल्केको हुनसक्ने देखाएको छ । यस घटनाबारे थप कानुनी अनुसन्धान भइरहेको छ ।

स्पेनको उत्तर–पूर्वी क्षेत्रमा भीषण डढेलो: २,३०० हेक्टर वन क्षेत्र खरानी, १० हजार स्थानीय प्रभावित

काठमाडौं । स्पेनको उत्तर–पूर्वी क्षेत्र क्याटालोनियामा लागेको भीषण डढेलो नियन्त्रण बाहिर पुगेको छ । 

शुक्रवार साँझदेखि सुरु भएको यस डढेलोले हालसम्म करिब २,३०० हेक्टर जमिन नष्ट गरिसकेको छ । 

जिरोना प्रान्तका विभिन्न नगरपालिकाहरूका करिब १० हजार बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ वा घरभित्रै बस्न निर्देशन दिइएको छ । 

डढेलोका कारण धेरै सडकहरू अस्थायी रूपमा बन्द गरिएको भए पनि हालसम्म मानवीय क्षतिको कुनै विवरण प्राप्त भएको छैन र सबै बासिन्दा सुरक्षित रहेको बताइएको छ । 

तीव्र गतिका हावाका कारण डढेलो नियन्त्रणमा कठिनाइ भइरहेको छ भने यसले गर्दा नजिकैको प्रकृति संरक्षण क्षेत्रसम्म आगो फैलिन पुगेको छ । अग्नि नियन्त्रणका लागि ४०० भन्दा बढी अग्नि नियन्त्रक, हेलिकप्टर र विशेष विमानहरू परिचालन गरिएको छ । 

स्थितिलाई थप जटिल बन्न नदिन स्पेनको सैन्य आपत्कालीन इकाईले २०० सैनिक र ६० वटा सवारी साधनहरू समेत परिचालन गरेको छ ।

जिरोना क्षेत्रका अग्नि नियन्त्रण अपरेसन प्रमुख फेरान गार्सियाले डढेलोको फैलावट अग्निनियन्त्रकहरूको क्षमताभन्दा बाहिर जान सक्ने जोखिम रहेको बताए । उनले हालको प्राथमिकता आगोलाई निश्चित घेराभित्र सीमित राख्ने र क्षति न्यूनीकरण गर्ने रहेको जानकारी दिए । 

स्थानीय प्रहरीलाई उद्धृत गर्दै स्पेनी सञ्चारमाध्यमहरूले जनाएअनुसार आगजनीको आशंकामा एक कामदारलाई नियन्त्रणमा लिइएको छ । प्रारम्भिक अनुसन्धानले सडक मर्मतका क्रममा प्रयोग गरिएको मेसिनरीबाट निस्किएको झिल्कोका कारण आगो सल्केको हुनसक्ने देखाएको छ । यस घटनाबारे थप कानुनी अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?