काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।
अघिल्लो साताको अन्तिम कारोबारको दिन अर्थात् शुक्रबार २ लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ४ सय रुपैयाँले घटेर२ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले घटेको हो ।
शुक्रबार ४ हजार ६१५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १० रुपैयाँले घटेर ४ हजार ६०५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया