काठमाडौं । दुई दिन बढेको शेयर बजारमा साताको अन्तिम कारोबार दिन शुक्रबार गिरावट आएको छ ।
शेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज शेयर बजारमा ८ दशमलव ३० अंकले गिरावट आएको हो । जसअनुसार आज बजार बिन्दु २ हजार ६ सय ५३ बिन्दुमा आएर रोकिएको छ ।
नेप्सेका अनुसार आज कारोबारमा आएकामध्ये १०३ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि, १६० कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा १४ वटा कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन आएको छैन ।
सानीगाढ हाइड्रोपावर, स्नो रिभर लिमिटेड, कलाङ्गा हाइड्रो लिमिटेड, नेपाल फाइनान्स लिमिटेड लगायत कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन् ।
यसैगरी उप्पर लाहोर खोला हाइड्रोपावर कम्पनी, धौलागिरी लघुवित्त वित्तीय संस्था, च्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड, सामुदायिक
लघुवित्त वित्तीय संस्था लिमिटेड युनिभर्सल पावर कम्पनी लिमिटेडका लगानीकर्ताले धेरै गुमाएका छन् ।
नेप्सको अनुसार अघिल्लो कारोबार दिनको तुलनामा शेयर कारोबार घटे पनि कारोबार रकम भने बढेको छ ।
आज कुल ८५ लाख ८४ हजार ४ सय १ कित्ता शेयर कारोबार भएको नेप्सेले जनाएको छ । अघिल्लो कारोबार दिन ४ अर्ब ११ करोड बढी शेयर कारोबार भएकोमा आज ४ अर्ब ४१ करोड २३ लाख ४० हजार ५ सय ३७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया