काठमाडौं । स्विट्जरल्याण्डले अल्जेरियामाथि २–० को सहज जित निकाल्दै विश्वकप फुटबलको अन्तिम १६ (प्रि–क्वार्टरफाइनल) मा स्थान सुरक्षित गरेको छ ।
स्विट्जरल्याण्डको जितमा ब्रिल एम्बोलो र ड्यान एनडोएले समान एक–एक गोल गरे । खेलको १०औँ मिनेटमा एम्बोलोले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
दोस्रो हाफ सुरु भएको एक मिनेटमै अर्थात् ४६औँ मिनेटमा एनडोएले अर्को गोल थप्दै स्विट्जरल्याण्डको जित सुनिश्चित गरे ।
यससँगै सन् १९७५ यता नकआउट चरणमा स्विट्जरल्याण्डले पहिलो पटक दुई गोल गर्न सफल भएको छ ।
अब अन्तिम १६ मा स्विट्जरल्याण्डले कोलम्बिया र घानाबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया