राष्ट्रियसभा बैठक आज दिउँसो बस्दै, विभिन्न मन्त्रालयको बजेट शीर्षकमा छलफल हुने

लोकपथ
21
Shares

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ ।

दिउँसो १स्१५ बजे बस्ने बैठकमा पहिलो चरणमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कंडेलले ‘आर्थिक विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ सम्बन्धी प्रतिनिधि सभाबाट आएका सन्देशहरू सभामा प्रस्तुत गर्नेछन् ।

त्यसपछि ‘विनियोजन विधेयक, २०८३’ अन्तर्गत विभिन्न मन्त्रालयहरूको बजेट शीर्षकमा समूहगत छलफल हुनेछ ।

छलफल हुने मन्त्रालयहरूमा उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा वातावरण, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष्ट्र, अर्थ र रक्षा मन्त्रालय छन् ।

यसका साथै राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको बजेटबारे पनि छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?