आज कांग्रेस संस्थापन इतर समूहको बैठक बस्दै, रणनीति र समसामयिक विषयमा छलफल हुने

लोकपथ
280
Shares

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो समूहको बैठक बोलाएका छन् ।

बैठक आज दिउँसो २ बजे गल्फुटारस्थित उनको निवासमा बस्ने तय भएको छ ।

पार्टीभित्र आन्तरिक छलफल र गतिविधि पछिल्ला दिनमा तीव्र बनेसँगै नेताहरूले आ-आफ्ना समूहगत बैठक तथा रणनीतिक छलफललाई निरन्तरता दिएका छन् ।

बैठकमा हालसम्म विभिन्न प्रदेशमा भएका भेलाहरूको समीक्षा गर्नुका साथै आगामी राजनीतिक रणनीतिबारे छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?