शेयर बजार निरन्तर ओरालोतर्फ, सूचक २६३२ विन्दुमा झर्‍यो

लोकपथ
0
Shares

काठमाडौं । निरन्तर ओरालो लागेको शेयर बजार सोमबारको कारोबारमा पनि कायम रह्यो ।

यससँगै शेयर बजार लगातार ६ कारोबार घटेको छ । साताको सुरुआती कारोबारमा बजार १६.५४ घटेको छ । बजार घटेर २६३२.९६ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।

बजार घट्दा २९ कम्पनीको शेयर मूल्य बढेको छ । २४० कम्पनीको शेयर मूल्य घटेको छ ।

यसदिन दुई अर्ब ६७ करोड १८ लाख ३२ हजार ९६५ रुपैयाँबराबरको शेयर किनबेच भएको छ । ७६ लाख ९९ हजार २२७ कित्ता शेयर ४४ हजार ९४२ पटकमा किनबेच भएको छ ।

टक्सार पिकुवा खोला हाइड्रोपावर, याम्बालिङ हाइड्रोपावर, स्नो रिभर्स र धौलागिरि लघुवित्तको शेयर मूल्यले सर्किट लेभलमा कारोबार गरेका छन् ।

समूहगत सूचकतर्फ १३ वटै समूह घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?