काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशको पछिल्लो राजनीतिक अवस्था र महत्वपूर्ण राष्ट्रिय विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ ।
रास्वपाका सभापति रवि लामिछानेले सोमबार बिहान ९ बजेका लागि बैठक आह्वान गरेका हुन् । बैठक सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा बस्नेछ ।
बैठकमा हालको राजनीतिक अवस्था, संसद्को प्रभावकारिता र अन्य राष्ट्रिय मुद्दाबारे राजनीतिक दलहरूबीच छलफल हुने जनाइएको छ ।
रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई बैठकमा सहभागी हुन आग्रह गरिएको छ । प्रत्येक दलबाट अध्यक्ष वा सभापतिसहित दुई जना नेतालाई निमन्त्रणा गरिएको छ ।
रास्वपाले सबै दल एकै ठाउँमा बसेर छलफल गर्दा राजनीतिक गतिरोध अन्त्य गर्न र राष्ट्रिय मुद्दामा सहमति जुटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया