धनगढी पुगे गगन, स्वागत गर्न पुगेका मन्त्री गेटमै रोकिए, मुख्यमन्त्री मात्रै विमानस्थलभित्र

लोकपथ
392
Shares

धनगढी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज पार्टीको कार्यक्रममा सहभागी हुन धनगढी पुगेका छन् ।

उनीलाई स्वागत गर्न सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह विमानस्थलभित्र पुगेका थिए । तर अन्य मन्त्रीहरू भने गेटमै रोकिएका छन् ।

सभापतिलाई स्वागत गर्न पुगेका सामाजिक विकास मन्त्री मेघराज खड्का, आर्थिक मामिला मन्त्री बहादुर थापा, वन मन्त्री शिवराज भट्ट र अर्थ राज्यमन्त्री प्रकाश बम लाई विमानस्थलको गेटमै रोकिएको हो ।

यसअघि नेताहरूलाई धावनमार्गसम्म पुगेर स्वागत गर्ने गरिएको भए पनि यसपटक मुख्यमन्त्रीबाहेक अरूलाई भित्र जान दिइएन ।

नेपाली कांग्रेसले आज सुदूरपश्चिममा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ आयोजना गरेको छ । कार्यक्रममा सभापति थापाले सम्बोधन गर्नेछन् ।

भेलामा सहभागी हुन उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरे हिजै धनगढी पुगिसकेका छन् ।

विशेष महाधिवेशनपछि कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवा को गृहप्रदेश सुदूरपश्चिमबाट पार्टीका प्रदेश र स्थानीय तहका नेता, सांसद तथा मन्त्रीसँग छलफल सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?