काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले पहिलोपटक कार्यकक्षमताका आधारमा प्रधानन्यायाधीश नियुक्तिको लागि सिफारिस गरिएको दाबी गरेका छन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरु सार्वजनिक गर्दै सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले सो कुरा बताएका हुन् ।
बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।
‘न्याय परिषद्का ५ जना सदस्यमध्ये ३ जना राजनीतिक नियुक्ति जस्तो देखिन्छ । त्यहाँबाट सिफारिस हुने न्यायाधीश पनि राजनीतिक पृष्ठभूमीको आइरहनुभएको छ भनेर पनि विभिन्न कानुनविदहरुले भन्दै आइरहनुभएको छ,’ सरकारका प्रवक्ता पोखरेलले दाबी गर्दै भने, ‘यो पटक पहिलो पटक प्रधानन्यायाधीशको सिफारिस मुद्दाको फर्छयौटको हिसाबमा, एउटा इन्डिकेटरको हिसाबमा चाँही सिफारिस गरेर पठाएका छौँ । अहिलेसम्मको पद्धत्तिको हिसावले इन्डिकेटरको हिसावमा, उहाँहरुको कार्यक्षमताको आधारमा सिफारिस गरिएको यो पहिलो पटक हो । यसलाई पनि सुधार गर्दै जानुपर्छ ।’
त्यस्तै भारत र चीनले नेपाली भूमी लिपुलेक प्रयोग गरेर मान सरोबर जाने बाटो प्रयोग गरेको विषयमा सरकारले कूटनीतिक ढंगले काम गरिरहेको समेत दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया