हर्क साम्पाङको श्रम संस्कृति पार्टी र सुदन किराती समूहबीच एकता सहमति, आजै औपचारिक घोषणा हुने

लोकपथ
2.4k
Shares

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र पूर्वमाओवादी नेता सुदन किराती समूहबीच पार्टी एकता गर्ने सहमति भएको छ ।

ललितपुरमा गएराति भएको दुई पक्षीय वार्तापछि एकताको सहमति जुटेको हो । सहमतिअनुसार सुदन किरातीलाई पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी दिइनेछ ।

त्यसैगरी, किराती पक्षलाई एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्यको पद दिने सहमति भएको जनाइएको छ ।

एकताको औपचारिक घोषणा आज काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा दिउँसो ३ बजे हुने कार्यक्रममार्फत गरिनेछ ।

भोजपुरका सुदन किराती पूर्वमाओवादी नेता हुन् । उनी पर्यटनमन्त्री समेत भइसकेका छन् । पछि उनले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा प्रवेश गरेका थिए, तर पछि त्यो पार्टी पनि छोडेका थिए ।

अब उनी हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीसँग जोडिएर नयाँ राजनीतिक भूमिकामा देखिने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?