प्रधान न्यायाधीश सिफारिसमा हर्क साम्पाङको असन्तुष्टि भने– चुपचाप घण्टी छापको करामत !

लोकपथ
91
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधान न्यायाधीश सिफारिस प्रक्रियाप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै साम्पाङले वरीयतामा चौथो स्थानमा रहेका व्यक्तिलाई प्रधान न्यायाधीश बनाउने निर्णयलाई सरकारको ठूलो असफलता को संकेत भएको टिप्पणी गरेका हुन् ।

‘वरीयताले चौथो भनिने मानिने व्यक्तिलाई प्रधान न्यायाधीश बनाउनु सरकारको अर्को ठूलो असफलताको कारण ! अध्यादेशको औचित्य पुष्टि गरेको यही होला ! चुपचाप घण्टी छापको करामत !,’ उनले लेखेका छन्

उनले यसले हालै जारी गरिएको अध्यादेशको औचित्यमाथि समेत प्रश्न उठाएको दाबी गरेका छन् ।

साम्पाङले बिहानै दुई वटा स्टाटस लेख्दै यस विषयमा असन्तुष्टि दोहोर्याएका छन् ।

उनका अनुसार न्यायिक नियुक्ति प्रक्रियामा पारदर्शिता र परम्परागत वरीयता प्रणालीको अवहेलना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?