महेश बस्नेत पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश

लोकपथ
189
Shares

काठमाडौं । जिल्ला अदालत काठमाडौंले एमाले सचिव महेश बस्नेतकी पत्नी अम्बिका बस्नेतसहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

सोभा पाठक भनिने जानुका पाठकले दिएको उजुरीका आधारमा उनीहरुमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो ।

बिहीबार उक्त मुद्दामा सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजलासले अम्बिका बस्नेत र शर्मिला बस्नेतलाई ५० हजार र अन्य ८ जनालाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

केही दिनअघि विभिन्न माग राखेर माइतीघरमा अनसन बसिरहेकी सोभा पाठकमाथि अम्बिका बस्नेत लगायतका महिलाहरुले हातपात गरेका थिए । सोभा पाठकले बस्नेतले बलात्कार गरेको आरोप लगाउँदै आइरहेकी थिइन् ।

२५ हजार धरौटीमा रिहा हुने अन्य ८ जनामा गिता पण्डित, प्रगति थापा, सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, सबिना केसी, कमला बस्नेत र निता खत्री रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?