प्रधानमन्त्री शाहले भोलि बस्ने गरी बोलाए संवैधानिक परिषद् बैठक, रिक्त पदमा नियुक्ति सिफारिस हुने

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भोलि बिहीबार साँझ ५ बजे बस्नेगरी संवैधानिक परिषद् बैठक बोलाएका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको भोलिपल्ट बुधबार उनले बिहीबारका लागि परिषद् बैठक बोलाएका हुन् । वैधानिक पदहरूमा नियुक्ति सिफारिसका लागि परिषद्को बैठक बोलाइएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेसँगै रिक्त पदहरूमा नियुक्तिको बाटो खुलेको छ ।

हाल प्रधानन्यायाधीश, प्रमुख निर्वाचन आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अध्यक्षको पद रिक्त छ । 

हाल, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र निर्वाचन अयोगमा पनि एक सदस्य पद रिक्त छ । मुस्लिम आयोग, थारु आयोगमा पनि पदाधिकारी पद रिक्त छन् । समावेशी आयोगमा अध्यक्ष र अर्का एक सदस्य, महिला आयोगमा पनि एक पद रिक्त छ । 

संवैधानिक पदहरूमा नियुक्तिका लागि परिषद्ले सिफारिस गर्ने र संसदीय सुनुवाइ प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

बैठकमा सहभागी हुनका लागि सभामुख डोल प्रसाद अर्याल (डीपी अर्याल), राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?