प्रधानमन्त्री बालेनमाथि हर्कको प्रश्नै–प्रश्न, भने– ‘मौनता तोड सरकार’

लोकपथ
0
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई खुला पत्र लेखेका छन् ।

आज सार्वजनिक गरिएको उक्त खुला पत्रमार्फत राईले विभिन्न समसामयिक विषयमा प्रधानमन्त्रीसँग स्पष्ट जवाफ माग गरेका हुन् ।

उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै जनताको जिज्ञासामा प्रत्यक्ष प्रतिक्रिया दिन आग्रह गरेका हुन् ।

खुला पत्रमा राईले भारत–चीन सहकार्यमा मानसरोवर जाने सडक नेपाल हुँदै खुलाउने विषयमा सरकार किन मौन रहेको भन्ने प्रश्न उठाएका छन् ।

साथै, सीमा सुरक्षाका लागि नेपाली सेनालाई किन प्रभावकारी रूपमा परिचालन नगरिएको भन्दै उनले सरकारको भूमिका स्पष्ट पार्न माग गरेका छन् ।

त्यस्तै, सुकुमबासी व्यवस्थापनमा देखिएको ढिलासुस्तीप्रति पनि उनले आपत्ति जनाएका छन् । समस्याको दीर्घकालीन समाधान गर्न नसकिएको खण्डमा नैतिक जिम्मेवारी बहन गर्दै राजीनामा दिनुपर्ने तर्क समेत उनले प्रस्तुत गरेका छन् ।

राईले आफ्नो खुला पत्रमार्फत सरकारलाई उत्तरदायी र पारदर्शी बन्न आग्रह गर्दै जनताको विश्वास कायम राख्न ठोस कदम चाल्नुपर्ने उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?