हिम्मत छ भने सेनाको ब्यारेक भत्काएर देखाऊ : सीके राउत

लोकपथ
0
Shares

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले सेनाको ब्यारेक भत्काएर देखाउन सरकारलाई चुनौती दिएका छन् ।

अध्यक्ष राउतले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो चुनौती दिएका हुन् ।

उनले सरकारले सार्वजनिक विद्यालय भत्काउन सेनाको प्रयोग गरेको विषयमा आपत्ति जनाएका हुन् ।

उनले प्रश्न उठाउँदै भनेका छन्, ‘यदि सार्वजनिक विद्यालयलाई सरकारी जग्गाबाट हटाउन सेना प्रयोग गर्ने हो भने सेना आफैं कुन जग्गामा बसेको छ ? के संरक्षित वन तथा जंगल अतिक्रमण गरेर बसेको होइन ?’

राउतले सरकारलाई चुनौती दिँदै संवेदनशील र संरक्षित वन क्षेत्रमा रहेका सेनाका ब्यारेकहरू हटाएर देखाउन आग्रह गरेका छन् ।

उनले गरीब तथा सुकुम्बासीका बालबालिका पढ्ने विद्यालय भत्काउनु अन्यायपूर्ण भएको उल्लेख गर्दै सरकारलाई गरीबमाराको संज्ञा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?