काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको राजनीतिक नेतृत्वमा अभूतपूर्व पुस्तान्तरण भएको भन्दै अब निजी क्षेत्रले पनि आफ्नो कार्यशैली र सोचमा परिवर्तन गर्नुपने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले ३६ वर्षका प्रधानमन्त्रीले देश हाँक्नु र ५० वर्षका आफू मन्त्रिमण्डलको सबैभन्दा ‘वृद्ध’ सदस्य हुनुले मुलुकमा ठूलो परिवर्तनको संकेत गरेको बताए ।
अर्थमन्त्री वाग्लेले नेपालको प्रशासनिक र राजनीतिक संयन्त्रमा रहेको विचौलिया प्रवृत्ति र भ्रष्टाचारमाथि वर्तमान सरकार अझ निर्मम हुने बताए ।
पहुँच र भनसुनका आधारमा मात्र काम हुने संस्कृतिको अब अन्त्य भएको समेत उहाँले बताए । ब्युरोक्रेसी र रेगुलेटरी संयन्त्रले इमानदार भएर व्यवसाय गर्छु भन्नेहरूका लागि वातावरण लगभग असम्भव विगतमा रहेपनि अब यो अवस्था नरहने उनको भनाइ छ ।
वाग्लेले भने– ‘चार–पाँच महिना अगाडि पनि कल्पना गर्नुभएको थियो यो देशमा ३६ वर्षका प्रधानमन्त्रीले दमदारसित यो देशलाई हाक्नुहुन्छ भन्नेकुरा कसैले कल्पना गर्नुभएको थियो रु भर्खर ५० नाघेको अर्थमन्त्री यो क्याबिनेटको सबैभन्दा वृद्ध सदस्य भनेर कसैले कल्पना गर्नुभएको थियो ? हामी त ८० वर्ष नपुगी हैन मन्त्री, प्रधानमन्त्री, वरिष्ठ नेता के–के के–के भन्ने त हुँदैन भन्या थियौँ नि । यो त ठूलो परिवर्तन हो नि । त्यसैले प्राइभेट सेक्टरले पनि यो अभूतपूर्व जनादेशलाई शिरोपर गर्नुबाहेकको विकल्प छैन । तर कहिलेकाहीँ पुराना बानीहरू बिर्सनलाई, परिवर्तन गर्नलाई समय लाग्न सक्छ । मेरो एकदम तपाईँहरू प्रतिको ‘फन्डनेस’ र कसरी हामी सँगै अब जाने हो । अघि मैले भनिसकेँ यो देश बनाउनको लागि निजी क्षेत्र बिना हामी सक्दै सक्दैनौँ र अलिकति प्राइभेट सेक्टरको माइन्डसेट र एप्रोचमा पनि चेन्ज गर्नुपर्ने हुन्छ । र मैले त्यहाँ भनेको थिएँ कि धेरै उद्यमी व्यवसायीहरूलाई हाम्रो यो डिस्क्रेसन ओरिएन्टेड ब्युरोक्रेसी, रेगुलेटरीको यो कक्र्यापले गर्दा खेरी इमानदार पूर्वक उद्यम व्यवसाय गर्छु भन्नलाई लगभग असम्भव बनाइदिएको छ ।’
अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको महत्वबारे चर्चा गर्दै अर्थमन्त्रीले निजी क्षेत्रको सहभागिता बिना देशको विकास असम्भव रहेको स्पष्ट पारे ।
उनले सरकारले नयाँ जनादेश पाएको सन्दर्भमा निजी क्षेत्रले पनि पुराना बानीहरू त्यागेर पारदर्शी र उद्यमशील बाटो रोज्नुपर्ने सुझाव दिए । उनले प्रविधिको प्रयोग र सदाचारलाई बढावा दिँदै व्यवसायिक वातावरण सुधार गर्न सरकार प्रतिबद्ध रहेको समेत बताए । उनले रास्वपाले ल्याएको वाचापत्रमा टेकेर सरकार अघि बढ्ने समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया