बदलिँदो समयले सूचना संकलन र सत्यको खोजी गर्ने कार्य चुनौतीपूर्ण बन्यो : गगन थापा

लोकपथ
35
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्वतन्त्र र निर्भय प्रेस लोकतन्त्रको आधारस्तम्भ भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिँदै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

थापाले बदलिँदो समयमा सूचना संकलन र सत्यको खोजी गर्ने कार्य थप चुनौतीपूर्ण बन्दै गएको उल्लेख गरेका छन् । उनका अनुसार असुरक्षा र विभिन्न दबाबका बिच पनि सत्यको पक्षमा अडिग रहने सञ्चारकर्मीहरूको भूमिका प्रशंसनीय छ ।

उनले सञ्चारकर्मीप्रति सम्मान व्यक्त गर्दै भनेका छन्, ‘कतिपय अवस्थामा देखिने असुरक्षा र दबाबका बीच पनि सत्यको पक्षमा उभिनुहुने सञ्चारकर्मी साथीहरूमा हार्दिक सम्मान ।’

थापाले प्रेस स्वतन्त्रता कुनै व्यक्ति वा संस्थाविरुद्ध नभई नागरिकको सूचनामा पहुँच र जान्ने अधिकारको संरक्षणका लागि भएको स्पष्ट पारेका छन् । साथै, सत्य लेखेकै आधारमा कोही पनि डराउनु नपर्ने वातावरण निर्माण गर्नु सबैको साझा जिम्मेवारी भएको उनको भनाइ छ ।

उनले लोकतान्त्रिक समाजमा स्वतन्त्र पत्रकारिताको संरक्षण र प्रवर्द्धन अनिवार्य शर्त भएको समेत जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?