काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर क्षेत्रभित्रका अनधिकृत संरचना हटाउने अभियानलाई तिव्रता दिँदै शंखमुल र अनामनगर क्षेत्रमा डोजर परिचालन गरेको छ ।
सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका तथा मापदण्ड विपरितका अवैध संरचनाहरूलाई लक्षित गरी महानगरले यो कारबाही अघि बढाएको हो ।
स्थानीय प्रशासनकाअनुसार शंखमुलस्थित नदी किनार र फुटपाथ मिचेर बनाइएका भौतिक संरचनाहरू हटाउन डोजर प्रयोग गरिएको छ ।
त्यसैगरी, अनामनगर क्षेत्रमा पनि सडक सीमा मिचेर बनाइएका टहरा र अनधिकृत निर्माणहरू भत्काइएको छ । महानगरले यसअघि नै सार्वजनिक सूचना जारी गर्दै त्यस्ता अवैध संरचनाहरू स्वतःस्फूर्त रूपमा हटाउन सम्बन्धित पक्षलाई समयसीमा उपलब्ध गराएको थियो ।
शहरको सौन्दर्यीकरण कायम गर्न, फुटपाथ व्यवस्थापन गर्न र सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने उद्देश्यले यो कदम चालिएको महानगर स्रोतले बताएको छ । महानगरले आगामी दिनमा पनि यस्ता अनधिकृत संरचना हटाउने कार्यलाई निरन्तरता दिने स्पष्ट पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया