रास्वपाले बोलायो सचिवालय बैठक, यस्ता छन् एजेन्डा

लोकपथ
231
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ ।

बैठक रास्वपाको केन्द्रीय कार्यालय, वनस्थलीमा भोलि मध्यान्ह साढे १२ बजे बस्न लागेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ ।

विशेषगरी सरकारले अघि बढाएका अध्यादेशहरू र सुकुमबासी बस्तीमा डोजर चलाइएको विषयलाई लिएर बढ्दो आलोचनाबीच पार्टी नेतृत्वले बैठक बोलाएको हो ।

सभापति रवि लामिछानेको आह्वानमा बस्न लागेको बैठकमा पछिल्ला राजनीतिक परिस्थितिबारे पार्टीको धारणा र आगामी रणनीतिबारे छलफल गर्न लागेको हो ।

बैठकमा सचिवालय सदस्यहरूलाई उपस्थित हुन निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?