वास्तविक सुकुमबासी पहिचान गरेर मात्र बस्ती हटाउनुपर्ने थियो : महामन्त्री पौडेल

लोकपथ
98
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुमबासी बस्ती हटाउने कार्यमा हतार गरिएको भन्दै सरकारको आलोचना गरेका छन् ।

उनले पर्याप्त सूचना र समय नदिई डोजर चलाउनु अमानवीय र अव्यवहारिक भएको बताएका हुन् ।

वास्तविक सुकुमबासीहरूको पहिचान गरी उनीहरूको उचित पुनर्स्थापनाको व्यवस्था गरिनु अघि बस्ती हटाउनु उचित नहुने उनको भनाइ छ ।

पौडेलले लोकतान्त्रिक मूल्य–मान्यता र राज्यका आधारभूत मर्मलाई कमजोर पार्ने खालका गतिविधि नगर्न सरकारलाई सचेत गराउँदै संवेदनशील विषयमा जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?