राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश

लोकपथ
210
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् ।

राष्ट्रपतिको कार्यालयका अनुसार आज राष्ट्रपति पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन् ।

उक्त अध्यादेश सहकारी क्षेत्रको व्यवस्थापन तथा नियमनलाई थप प्रभावकारी बनाउन ल्याइएको बताइएको छ ।

सरकारले सहकारी क्षेत्रसँग सम्बन्धित विद्यमान कानुनी व्यवस्थामा सुधार र समयानुकूल संशोधन आवश्यक भएको भन्दै अध्यादेश अघि बढाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?