अध्यादेशको तरंग : त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले दिए सामूहिक राजीनामा

लोकपथ
28
Shares

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित तीनै जना पदाधिकारीले सामूहिक आज बिहीबार राजीनामा दिएका छन् ।

त्रिविका उपकुलपति प्रा.डा. दीपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदार रिजालले राजीनामा दिएका हुन् ।

विश्वविद्यालयसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेस भइसकेको अवस्थामा सरकारलाई काम गर्न सहज वातावरण होस् भनेर उनीहरूले राजीनामा दिएका हुन् ।

सरकारले आह्वान गरेअनुसार नै आफूहरूले राजीनामा दिएको शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीले बताए । 

उनीहरू तीनै जना फरक फरक मितिमा त्रिवि पदाधिकारीमा नियुक्त भएका थिए । उपकुलपति अर्याल २०८२ असार २५ गते र शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल २०८० चैतमा नियुक्त भएका थिए । त्रिविका अहिलेका पदाधिकारीहरूले त्रिवि सुधारमा काम गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?