सरकारले लोकतान्त्रिक मूल्य र संविधानको उपहास गर्‍यो : विष्णु पौडेल

लोकपथ
63
Shares

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकारका गतिविधिहरू लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक मार्गदर्शन विपरीत रहेको  बताएका छन् । 

सरकारका पछिल्ला कामकारबाहीले जनतामा निराशा पैदा गरेको भन्दै उनले एमालेको गम्भीर ध्यानाकर्षण भएको उल्लेख  गरेका हुन् । 

बुधबार २७औँ यदु स्मृति दिवस तथा २४औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण गर्दै उपाध्यक्ष पौडेलले ट्रेड युनियन अधिकार र विद्यार्थीको सङ्गठित हुन पाउने अधिकारमाथि सरकारले प्रहार गरिरहेको आरोप  लगाएका हुन्   । 

सरकारले जनसरोकारका विषयहरूलाई नजरअन्दाज गरेको र जनताका समस्याप्रति चरम लापरबाही देखाएको उनको तर्क छ । सरकार सञ्चालनका क्रममा दुई वटा खम्बा संविधान र लोकतान्त्रिक मूल्यलाई बिर्सन नहुनेमा जोड दिए । 

उनले भने, ‘ट्रेड युनियन र विद्यार्थीहरूको सङ्गठित अधिकार विश्वव्यापी रूपमा लोकतन्त्रवादी र कम्युनिस्ट दुवैले स्वीकार गरेको मान्य अभ्यास हो । तर वर्तमान सरकार यी अधिकारहरूको विरुद्धमा उभिनु विडम्बनापूर्ण छ । जनताबाट निर्वाचित सरकार सधैँ संविधानको मार्गदर्शनमा चल्नुपर्छ, तब मात्र देश सही दिशामा अगाडि बढ्न सक्छ ।’

पछिल्लो समय सरकारले संसदलाई छलेर अध्यादेशमार्फत शासन चलाउन खोजेको भन्दै उनले ‘अध्यादेशको सिलसिला’ सुरु भएकोमा समेत आपत्ति प्रकट  गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?