७ निर्माण कम्पनी कालोसूचीमा, एकदेखि दुई वर्षसम्म प्रतिबन्ध

लोकपथ
126
Shares

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले सातवटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ ।

विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम ती कम्पनीहरूलाई एकदेखि दुई वर्षसम्मका लागि प्रतिबन्ध लगाइएको हो ।

कार्यालयका अनुसार अनुप कन्स्ट्रक्सन, गोरिल निर्माण सेवा, कृपा इन्जिनियरिङ्ग, गंगोत्री देवी निर्माण सेवा, अंसुमन निर्माण सेवा र अच्युत कन्स्ट्रक्सनलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । त्यस्तै, नेपाल विद्युत प्राधिकरणको सिफारिसमा इटालीको एमरएस ईएलसी इलेक्ट्रोकन्सल्टलाई दुई वर्षका लागि प्रतिबन्ध लगाइएको छ ।

कार्यालयले मंगलबार जारी गरेको सूचनामा कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिभर कुनै पनि सरकारी ठेक्कापट्टा वा सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नपाउने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?