सुकुमबासीको नाममा अरूले फाइदा उठाए : प्रहरी

लोकपथ
49
Shares

काठमाडौं । सुकुमबासीका नाममा गलत तत्वहरूले फाइदा उठाइरहेको भन्दै वास्तविक पीडितहरू मर्कामा परेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार आफ्नो फेसबुक पेजमार्फत सूचना जारी गर्दै सरकारले वास्तविक सुकुमबासीको व्यवस्थापनका लागि पहल गरिरहेको भन्दै सहयोग गर्न सर्वसाधारणसँग अपिल गरेको छ ।

सूचनामा भनिएको छ, ‘वास्तविक सुकुमबासीको नाममा अरू नै टाठाबाठाले फाइदा उठाइरहेका छन् । त्यो कुरा तपाईंहरूलाई पनि थाहा नै छ । अब सरकारले तपाईंहरूको दीर्घकालीन समस्या समाधान गर्ने भएकाले सहयोग गरिदिनुहुन अनुरोध गर्छौं ।

यसैबीच, उपत्यकाका थापाथली, मनोहरा र गौरीगाउँ क्षेत्रमा अवैध रूपमा बसोबास गरिरहेका सुकुमबासी बस्ती हटाउने सरकारको निर्णयअनुसार शनिबार र आइतबार हटाउने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?