सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

लोकपथ
210
Shares

काठमाडौं । सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष तथा एमाले नेता नारायण परियार ‘परिश्रमी’ बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार परियारविरुद्ध दर्ता भएको जाहेरीमाथि अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो ।

यसैबीच सरकारले बागमती किनारमा बसोबास गर्दै आएका सुकुम्बासीलाई शुक्रबार बेलुकीसम्म स्थान खाली गर्न अनुरोध गरेको छ ।

उक्त निर्णयपछि सुकुम्बासी अगुवाहरू आन्दोलनको तयारीमा जुटिरहेका छन् । तर, परियारको पक्राउ उक्त विषयसँग सम्बन्धित नभएको प्रहरीको स्पष्टिकरण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?