हर्कको प्रश्न– ‘रविजी चुनावका बेला सुकुमबासीलाई धनी पुर्जा दिने भन्दै चुपचाप भोट हाल्न लगाएको होइन ?’

लोकपथ
21
Shares

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (हर्क साम्पाङ) ले सुकुमबासी समस्याबारे सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमाथि प्रश्न गरेका छन् ।

सरकारले काठमाडौंका विभिन्न स्थानका सुकुमबासी हटाउन बस्तीमा डोजर चलाउने तयारी गरेको छ ।

सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष साम्पाङले रास्वपा सभापति रवि लामिछानेलाई चुनावका बेला रास्वपाले गरेको बाचा स्मरण गराएका हुन् ।

उनले चुनावका बेला रास्वपाले सुकुमबासीलाई धनीपुर्जा दिने भन्दै भोट मागेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

‘रबी जी… तपाइँको रास्वपाको निर्णय हो त सुकुमबासी बस्ती भत्काउने ? हिजो मात्रै सुकुमबासीलाई धनीपुर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप भन्दै भोट मागेको होइन र भन्या ? जे होस् बचनको पक्का देखियो रास्वपा,’ साम्पाङले प्रश्न र व्यंग्य गर्दै भनेका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार साँझ सबै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिँदै काठमाडौं उपत्यकाका सुकुमबासीहरुलाई हटाउन भनेका छन् । त्यससँगै बिहीबार साँझ प्रहरीले सुकुमबासीहरुलाई सम्बन्धित स्थानबाट हट्न माइकिङ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?