‘माइकिङ’पछि रातभर त्रासमा बागमती किनारका सुकुमबासी

लोकपथ
84
Shares

काठमाडौं । वर्तमान बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले काठमाडौंका विभिन्न स्थानमा रहेका सुकुम्बासीहरुलाई व्यवस्थापन गर्ने तयारी गरेको छ ।

लामो समयदेखि बागमती किनार किनार लगायत नदी किनारहरुमा सुकुमबासीहरु बस्दै आइरहेका छन् ।

बुधबार प्रधानमन्त्री बालेनले सबै सुरक्षा निकायका प्रमुखहरुसँग भेटघाट गरी शनिबार र आइतबार सबै सुकुमबासी बस्ती खाली गराउन निर्देशन दिएका थिए ।

सोही अनुसार बिहीबार साँझ प्रहरीले सुकुमबासी बस्तीहरुबाट आफ्नो सामान खाली गराउन माइकिङ गरेको थियो ।

वर्षौँदेखि बस्तै आइरहेको र सरकारले कुनै व्यवस्थापन नगरीकन आफूहरुलाई हटाउन लागेको भन्दै सुकुमबासीहरु त्रासमा देखिएका छन् ।

साँझ माइकिङ गरिएपछि रातभर सुकुमबासीहरु रातभर जाग्राम बसेका थिए ।

केन्द्र सरकारको निर्णय र निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं, काठमाडौं महानगरपालिका लगायतले समेत आपसी छलफल गरेका छन् ।

सरकारले कुनै व्यवस्था नगरी सुकुमबासीहरुलाई हटाउन लागेको भन्दै विरोध समेत भइरहेको छ । कतिपय जेनजी निकट समूहरुले त उक्त कदमको विरोध गर्दै सरकारको निर्णयलाई प्रतिकार गर्ने तयारी समेत गरेका छन् ।

सरकारले वैशाख १२ (भोलि) बिहान ६ बजेबाट सो क्षेत्र खाली गर्ने भन्दै आफ्नो सामग्रीहरु सुरक्षित स्थानमा लैजान भनेको छ ।

सरकारले सुकुमबासीहरुलाई हटाउन खोजेको भन्दै केही जेनजी अभियन्ताहरु राति नै सुकुमबासी बस्ती पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?