काठमाडौं । गत चैतमा देशका विभिन्न भागमा विपद्का घटनामा परी ३० जनाको मृत्यु भएको छ ।
आगलागी, हुरी, चट्याङ, हिमपातलगायत दैवीविपत्तिमा परी १६ पुरुष, १० महिला र चार बालबालिकाको मृत्यु भएको हो ।
दैवीविपत्तिमा परेर २२२ जना घाइते भएका छन् । विपद्बाट १९१ घर, ११७ गोठ र तीन सरकारी कार्यालयमा क्षति भएको छ । ५२९ पशुचौपाया मरेका छन् ।
विपद्बाट ३३ करोड ७२ लाख ६१ हजार रुपैयाँबराबरको क्षति भएको अनुमान गरिएको प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए ।
विपद्बाट १४३ जना विस्थापित भएका छन् । सो अवधिमा कोसीमा २७२, मधेसमा १३६, वाग्मतीमा ८५, काठमाडौं उपत्यकामा ३९, गण्डकीमा ९५, लुम्बिनीमा १२९, कर्णालीमा ५७ र सुदूरपश्चिम प्रदेशमा ९३ वटा विपद्का घटना भएका जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया