शेखर गोल्छा प्रहरीको निगरानीमा, भारत जान रोक

लोकपथ
1.8k
Shares

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सका संस्थापक अध्यक्ष शेखर गोल्छालाई प्रहरीले पक्राउ गर्न खोज्दा उनी आफै प्रहरी कार्यालयमा आउने भनेपछि शर्तसहित भारतजानबाट रोकिएको छ ।

बुधबार राति भैरहवास्थित बुटवलको एक होटलबाट उनलाई पक्राउ गर्ने प्रयास गरिएको थियो । तर, सोही क्रममा भएको छलफलपछि गोल्छा आफैँ प्रहरी कार्यालयमा उपस्थित हुने सहमति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई फोन सम्पर्कमा रहने, मोबाइल अफ नगर्ने र सिधै प्रहरीको सम्पर्कमा रहने शर्तमा छाडिएको हो ।

यसअघि दिपक भट्ट र सुलभ अग्रवालसँग सम्बन्धित कानुनविपरीत कारोबारमा उनको संलग्नता रहेको आशंका गरिएपछि अनुसन्धान अघि बढाइएको बताइएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?