थापाथली क्षेत्रको सुकुम्वासी बस्ती खाली गर्न सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्रीको निर्देशन

लोकपथ
112
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले थापाथली क्षेत्रको सुकुम्वासी बस्ती हटाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

उनले आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका आईजी राजु अर्यालसहितका सुरक्षा अधिकारीहरूलाई बोलाएर बागमती किनारका बस्ती खाली गराउने विषयमा छलफल गरेका हुन् ।

उनले शनिबार र आइतबारभित्र बागमती नदी किनारका सुकुम्वासी बस्ती हटाउने तयारी गरेका छन् । यस विषयमा काठमाडौंका प्रमुख जिल्ला अधिकारीसँग थप समन्वय गरिने पनि बताइएको छ ।

यसअघि बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि सुकुम्वासी बस्ती हटाउने प्रयास गरेका थिए । तर, स्थानीयको विरोधका कारण उक्त प्रयास सफल हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?