नेकपा स्थापना दिवस : एमाले अध्यक्ष ओलीले च्यासलमा सम्बोधन गर्ने

लोकपथ
35
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

आज दिउँसो २ बजे च्यासलमा आयोजना हुने ७७ औँ स्थापना दिवसको कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने लागेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार उक्त सम्बोधनमा समसामयिक राजनीतिक अवस्था तथा एमालेको आगामी कार्यदिशा लगायतका विषय समेटिने छ ।

अध्यक्ष ओलीलाई चैत १४ गते सरकारले गिरफ्तार गरेको थियो भने चैत २६ गते उनी रिहा भएका थिए । त्यसपछि पित्तथैलीमा पत्थरीको शल्यक्रिया गरी वैशाख ५ गते उनी घर फर्किएका हुन् ।

हाल स्वास्थ्य लाभ गरिरहेका ओलीले पार्टी स्थापना दिवसका अवसरमा कार्यकर्तालाई सम्बोधन गर्न लागेका हुन् ।

कार्यक्रममा काठमाडौं उपत्यकामा रहेका पार्टी केन्द्र, जनसङ्गठनका पदाधिकारी, केन्द्रीय सदस्य तथा शुभेच्छुकहरूलाई सहभागी हुन आग्रह गरिएको छ ।

नेपालमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ साल वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?