काठमाडौं । आज नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७७औँ स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
देशभरका कम्युनिष्ट पार्टीहरूले विविध कार्यक्रम आयोजना गरी दिवस मनाइरहेका छन् । नेपालमा कम्युनिष्ट आन्दोलनको संगठनात्मक सुरुआत भएको दिनको सम्झनामा हरेक वर्ष वैशाख ९ गते यो दिवस मनाउने गरिन्छ ।
वि।सं। २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठ को अगुवाइमा नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी लगायतले राणा शासनकालमै नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । स्थापना पश्चात् पुष्पलाल पार्टीका महासचिव बनेका थिए ।
स्थापनाको करिब आठ दशक नजिकिँदै गर्दा नेपालमा कम्युनिष्ट शक्तिहरूले पटक–पटक शासनसत्ता सञ्चालन गरिसकेका छन् । विशेषगरी २०४६ को जनआन्दोलन पछि कम्युनिष्ट आन्दोलनले तीव्रता पाएको थियो ।
तर पछिल्ला वर्षहरूमा आन्तरिक विभाजन, टुटफुट र सत्ताकेन्द्रित राजनीतिका कारण कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएको टिप्पणी हुँदै आएको छ ।
यस अवसरमा नेपाल कम्युनिष्ट पार्टी लगायत विभिन्न कम्युनिष्ट दलहरूले देशका विभिन्न स्थानमा कार्यक्रम आयोजना गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया