काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता पोखरा भ्रमणमा जाने भएका छन् ।
संवाद सचिव फणि पाठकले आइतबार जारी गरेको सूचनाअनुसार पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँकी पत्नी कोमल राज्यलक्ष्मी देवी शाह पोखरा जान लागेका हुन् ।
उक्त भ्रमणका क्रममा उनीहरू विभिन्न कार्यक्रमहरूमा सहभागी हुने तथा शुभेच्छुकहरूसँग भेटघाट गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया