सिरहा । शनिबार साँझ आएको हावाहुरीका कारण सिरहामा घरको पर्खाल भत्किँदा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सखुवानन्कारकट्टी गाउँपालिका–२ मकरामपुर का ६० वर्षीया किसुनवती यादव रहेकी छन् । स्थानीय विन्देश्वर यादवकी श्रीमती किसुनवती शनिबार साँझ घरमै बसिरहेको अवस्थामा आएको तीव्र गतिको हावाहुरीले घरको जस्तापाता उडाएको थियो । जस्तापाता उडेसँगै घरको पर्खाल भत्किँदा इँटाले टाउकोमा लागेर उनी गम्भीर घाइते भएकी थिइन् । चोटका कारण उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालकाअनुसार घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । उनका अनुसार, प्रहरीले घटनाको मुचुल्का उठाएर शव परीक्षणका लागि पठएको छ ।
गए राति मधेस प्रदेशका विभिन्न जिल्लामा आएको हावाहुरीले जनजीवन प्रभावित बनाएको छ भने अन्य क्षेत्रमा भएको क्षतिको विवरण पनि संकलन भइरहेको प्रहरीले जनएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया