मन्त्रीलाई आइफोन दिने हल्ला भ्रामक हो, जनताको कर दुरुपयोग हुँदैन : सञ्चारमन्त्री तिमिल्सिना

लोकपथ
49
Shares

काठमाडौं  ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रीहरूलाई छुट्टै मोबाइल (आइफोन) उपलब्ध गराउने भन्ने विषयमा फैलिएको हल्ला भ्रामक भएको बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै मन्त्री तिमिल्सिनाले सरकारले हरेक मन्त्रीलाई आइफोन दिन लागेको भन्ने कुरा कसरी र किन बनाइएको हो भन्दै प्रश्न गरेका छन् ।

उनले यस्ता अपुष्ट विषयहरू सार्वजनिक गर्नु अघि स्रोत र विश्वसनीयता सुनिश्चित गर्न सबैलाई आग्रह गरेका छन् ।

‘साथीहरू, कुनै पनि यस्ता कुरा साझा गर्नुअघि यसको स्रोत र विश्वसनीयता सुनिश्चित गर्नुहोला । यो सरकार, हरेक पल कसरी नागरिकलाई सुन्दर भविष्य दिन सकिन्छ भनेर लागेको छ, नागरिकको करको पैसाको दुरुपयोग गर्न हैन । जनताको हरेक रुपैयाँको मूल्य हामीले अनुभूत गरेका छौँ ।, ‘उनले लेखेका छन् ।

मन्त्री तिमिल्सिनाले सरकारले नागरिकको करको पैसाको दुरुपयोग नगर्ने स्पष्ट पार्दै जनताको हरेक रुपैयाँको मूल्य बुझेर काम गरिरहेको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?