काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले तराई–मधेससँग जोडिएका सीमामा १०० रुपैयाँसम्मको सामान मात्र भन्सार नतिरी ल्याउन पाइने प्रावधानप्रति आपत्ति जनाएको छ ।
पार्टीका संरक्षक महन्थ ठाकुरले शनिबार विज्ञप्ति जारी गर्दै उक्त व्यवस्था अदूरदर्शी रहेको बताएका छन् ।
उनले यस्तो प्रावधानले सीमावर्ती क्षेत्रका नागरिकको दैनिक जीवनयापन र किनमेलमा प्रत्यक्ष असर पर्ने भन्दै सरकारले तत्काल पुनर्विचार गर्नुपर्ने माग गरेका छन् ।
विज्ञप्तिमा नेपाल–भारतबीचको सम्बन्ध पारस्परिक र ऐतिहासिक रहेको उल्लेख गर्दै नागरिकको दैनन्दिन आवश्यकतासँग जोडिएको विषयमा लगाइएको यस्तो सीमा व्यवस्था शीघ्र खारेज गर्न आग्रह गरिएको छ ।
जसपा नेपालले यस निर्णयले सीमावर्ती जनताको सहज आवत–जावत र आर्थिक गतिविधिमा अवरोध पुग्ने चेतावनीसमेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया