नेपाल वन निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खड्काले दिए राजीनामा

लोकपथ
315
Shares

काठमाडौं । नेपाल वन निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनबहादुर खड्काले राजीनामा दिएका छन् ।

वन तथा वातावरणमन्त्री गीता चौधरीले राजीनामा माग गरेपछि उनले राजीनामा दिएका हुन् ।

मन्त्री चौधरी र प्रमुख कार्यकारी अधिकृत खड्काबीच काम गर्ने तौरतरिकालाई लिएर विवाद बढ्दै गएको थियो । 

यद्यपि, आफूले राजीनामा दिएकोबारे खड्काले केही बोलेका छैनन् ।

यता वन तथा वातावरण मन्त्रालयका प्रवक्ता डा. महेश्वर ढकालले सीईओ खड्काको राजीनामा आएको पुष्टि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?