काठमाडौं । प्रधानमन्त्री बालेन शाह ‘बालेन’ले मातातीर्थ औँसीको अवसरमा सम्पूर्ण आमाप्रति श्रद्धा, सम्मान र शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।
उनले ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ भन्ने शास्त्रीय वचन उद्धृत गर्दै आमाको काखलाई न्यानो र चरणलाई तीर्थजस्तै पवित्र भएको बताएका छन् ।
शाहले आमालाई सृष्टिकी मुहान, माया र त्यागको अनुपम प्रतीकका रूपमा चित्रण गर्दै सबै आमाको दीर्घायुको कामना गरेका छन् । उनले आमालाई जीवनको पहिलो गुरु र ममताको अनन्त स्रोतका रूपमा सम्मान व्यक्त गरेका छन् ।
सन्देशमा उनले सन्तानको कर्मले आमालाई सधैँ गर्व महसुस गराउनुपर्ने भन्दै भनेका छन्, ‘आमालाई सधैँ हँसाउन सकौँ, हाम्रो कर्ममा आमाले गर्व गर्न सकून् हे जननी ! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया