काठमाडौं । अध्यागमन विभागले भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेका नेपाली नागरिकको पासपोर्टमा ‘काम गर्न मनाही’ जस्ता टिप्पणी लेख्ने कर्मचारीमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।
विभागले आज एक विज्ञप्ति जारी गर्दै यस्तो कार्य प्रचलित कानुन विपरीत भएको स्पष्ट पारेको हो ।
पछिल्ला दिनमा यूएई जान लागेका केही नेपालीको पासपोर्टमा ‘रोजगारी गर्न निषेध’ भन्ने टिप्पणी लेखिएको खबर सार्वजनिक भएपछि विभागले यसप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
विभागका अनुसार विदेश यात्रा धेरै नेपालीका लागि बाध्यता समेत भएकाले यस्ता अवस्थाको दुरुपयोग गरी ठगी तथा शोषण हुन सक्ने जोखिम रहन्छ । त्यसलाई रोक्न सरकार सचेत रहेको पनि जनाएको छ ।
सरकारको २०८२ कात्तिक १३ को निर्णयअनुसार भिजिट भिसामा विदेश यात्रा गर्न कम्तीमा ६ महिना वैध पासपोर्ट, हवाई टिकट र गन्तव्य देशको भिसा भए पुग्ने व्यवस्था छ ।
यात्रुहरूको आवतजावतलाई सहज बनाउन तथा अध्यागमन प्रणालीलाई थप आधुनिक र प्रभावकारी बनाउने दिशामा काम भइरहेको विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया