दाइजोले महिलाको अधिकार र सम्मानमाथि आघात पुर्‍याउँछ : उपसभामुख ठाकुर

लोकपथ
56
Shares

काठमाडौं । उपसभामुख रूविकुमारी ठाकुरले दाइजो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि गम्भीर आघात पुर्‍याउने बताएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले  यस्तो बताएकी हुन् । 

दाइजो लिनु–दिनुमात्र नभई दाइजोको लेनदेनमा आधारित विवाह स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास भएको स्पष्ट पारेकी हुन् ।

‘दाइजो लिनु र दिनुमात्र होइन, दाइजोको लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास हो,’ उनले उल्लेख गरेकी छन् ।

उनले दाइजो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्‍याउने भन्दै यस्तो कुरीतिविरुद्ध एकजुट भएर उभिनुपर्ने आवश्यकता औँल्याएकी छन् ।

समाज परिवर्तन र देश विकासको कुरा गर्नेहरूले परिवर्तनको सुरुवात आफैँबाट गर्नुपर्ने उनको भनाइ छ ।

‘यदि हामी साँच्चिकै समाज परिवर्तनको कुरा गर्छौँ, देश विकासको सपना देख्छौँ र सामाजिक कुरीतिका विरुद्ध उभिन चाहन्छौँ भने परिवर्तनको सुरुवात हामी आफैँबाट गर्नुपर्छ,’ उनले भनेकी छन् । ‘व्यक्तिगत स्तरबाट उठाइएको सानो कदमले पनि ठुलो सामाजिक रूपान्तरण सम्भव हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?