‘नयाँ प्रयोगले देश प्रयोगशाला बन्यो, नेतृत्वमा युवा पुग्नु उत्साहको विषय’

लोकपथ
91
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा व्यवस्था परिवर्तनका लागि विकल्पहरुको खोजीले देश प्रयोगशाला मात्रै बन्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नयाँ वर्ष ०८३ सालको शुभकामना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले सधैँ प्रयोग, सधैँ अभ्यास र विकल्पको खोजीले मुलुकलाई नयाँ मार्गमा अघि बढ्न नदिएको बताए ।

व्यक्ति बदलेर मात्र समग्र स्थिति बन्ने रहेनछ भन्ने पाठ इतिहासले सिएको उनको तर्क रहेको छ ।

‘सधैँ प्रयोग, सधैँ अभ्यास र सधैँ विकल्पको खोजीमा मात्र हामी लाग्यौँ । फलस्वरुप हाम्रो देश प्रयोगशाला मात्रै रह्यो । स्थिरता, निरन्तरता र दृढता कताकता हराएर गयो । विधि, पद्धती व्यक्ति बदलेर मात्र समग्र स्थिति बन्ने रहनेछ भन्ने कुराको पाठ हामीलाई विगतले सिकाएको छ,’ उनले भने ।

अहिले निर्वाचनबाट युवाहरुको नेतृत्वमा देश गएकोप्रति ज्ञानेन्द्रले खुसी व्यक्त गरेका छन् । राजनीति र राज्य संचालनको गतिविधिमा युवा पिँडीको संलग्नता बढ्दै जानु उत्साहको विषय रहेको समेत उनले बताए ।

‘राजनीति र राज्य संचालनको गतिविधिमा युवा पिँडीको संलग्नता बढ्दै जानु उत्साहको विषय हो,’ उनले भनेका छन् ।

त्यस्तै आगामी दिनमा हरेक क्षेत्रमा आत्मनिर्भर भएर अघि बढ्नका लागि सुझाव दिएका छन् । रणनीतिक रुपमा नेपाल बिचमा रहेको बताउँदै उनले शक्ति सन्तुलन गर्दै अबको सरकार अघि बढ्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?