बालेनको खातामा १ करोड ४६ लाख, आम्दानीको स्रोत– ‘फेसबुक, युट्युब र टिकटक’

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आज सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरणमा उक्त रकम बैंक मौज्दात रहेको पाइएको हो ।

जसमा उनको खातामा रहेको उक्त रकम सामाजिक सञ्जालबाट आएको कमाइ भएको देखाइएको छ । जसमा फेसबुक, युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालबाट कमाइ भएको उल्लेख गरिएको छ ।

त्यस्तै बालेन र उनको परिवारसँग काठमाडौं, महोत्तरी र धनुषामा घर र जग्गा रहेको देखाइएको छ । प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार बालेनकी आमा ध्रुवदेवी शाहको नाममा ५ आना जग्गा, धनुषामा १.२ बिघा जग्गा रहेको छ । बालेनका पिता स्वर्गीय रामनारायण शाहको नाममा महोत्तरीमा ९ बिघा जग्गा रहेको छ ।

यता बालेन पत्नी सविना काफ्लेको नाममा १९० तोला सुन रहेको छ । उक्त सम्पत्तिको स्रोत पैत्रिक सम्पत्ति रहेको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?