वीर र गंगालाल अस्पतालमा स्वास्थ्य मन्त्रीको छड्के चेकिङ

लोकपथ
168
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले आज (आइतबार) वीर अस्पताल र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक अनुगमन गरेकी छन् ।

अस्पतालले प्रवाह गर्ने सेवाको वास्तविक अवस्था र सर्वसाधारणले भोग्नुपरेका सास्तीबारे जानकारी लिन स्वास्थ्य मन्त्री मेहता आकस्मिक रुपमा अस्पताल पुगेकी हुन् ।
अनुगमनका क्रममा अस्पतालको सरसफाई, बिरामीको चाप र लामा लाइन, औषधि अभाव तथा स्वास्थ्य बीमामा देखिएका जटिलताका विषयमा प्रत्यक्ष अवलोकन गरेकी छन् ।

अनुगमनका क्रममा नागरिकहरूले स्वास्थ्य बीमाको लाभ लिन भोग्नुपरेका झन्झट र सामान्य औषधि उपचारमा पनि घण्टौ कुर्नुपर्ने समस्याका बारेमा स्वास्थ्य मन्त्रीले मेहताले चासो व्यक्त गरिन् ।

अस्पताल प्रशासन र सम्बन्धित पदाधिकारीहरूलाई तुरुन्त निर्देशन दिँदै स्वास्थ्य उनले अस्पतालको सरसफाईमा ध्यान दिन, बिरामीको पालो व्यवस्थापनलाई प्रविधिमैत्री र सहज बनाउन तथा औषधि आपूर्तिमा देखिएका अवरोध तत्काल हटाउन निर्देशन दिनएकी छन् ।

‘जनताले सरकारी अस्पतालमा सेवा पाउँदा झन्झट होइन, राहत महसुस गर्नुपर्छ,’ उनले भनेकी छन् ।
उनले देखिएका समस्या समाधानका लागि मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?