सर्लाहीबाट स्रोत नखुलेको ८ लाख नगदसहित २ जना पक्राउ

लोकपथ
140
Shares

सर्लाही । सर्लाहीबाट प्रहरीले स्रोत नखुलेको नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।

नियमित गस्तीमा रहेको प्रहरी टोलीले ब्रह्मपुरी गाउँपालिका–४ बाट ८ लाख नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा चन्द्रनगर गाउँपालिका–४ का २३ वर्षीय कृष्णकुमार पासवान र सोही गाउँपालिकाका–१ का ४१ वर्षीय शिवनारायण महतो रहेका छन् ।

भारतबाट मोटरसाइकल चढेर नेपाल प्रवेश गरेका उनीहरूको शरीर खानतलासी गर्दा उक्त नगद फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?