काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके मात्रै देशको अर्थतन्त्र सुदृढ हुने बताएका छन् ।
शनिबार राजधानीमा आयोजित राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले निजी क्षेत्र आर्थिक वृद्धिको प्रमुख आधार भएको उल्लेख गरे ।
उनले सन् २०२६ को तथ्यांक प्रस्तुत गर्दै अमेरिका र चीनजस्ता देशहरूमा निजी क्षेत्रको ठूलो योगदान रहेको बताए । अमेरिकामा निजी क्षेत्रको अर्थतन्त्र साढे ४६ हजार खर्ब रुपैयाँ बराबर रहेको र चीनमा करिब ३० हजार खर्ब बराबरको निजी पुँजी रहेको उनको भनाइ छ ।
‘जुनसुकै देशमा पनि प्राइभेट, गभर्मेन्ट र डेभलपमेन्ट गरी तीन तहको अर्थतन्त्र हुन्छ । प्राइभेट सेक्टर बलियो नभएसम्म देश बलियो हुन सक्दैन, उनले भने ।
कार्यक्रममा रास्वपाका सांसद सुशान्त वैदिकले नयाँ सरकारले ल्याएको सय दिने कार्ययोजनामा उद्यमशीलतालाई प्राथमिकतामा राखिएको बताए । उनले साना तथा लघु उद्यमदेखि स्टार्टअपसम्मले देशको आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
वैदिकले व्यवसाय दर्ता तथा नवीकरण प्रक्रियालाई सहज बनाउने प्रतिबद्धता सरकारले लिएको उल्लेख गर्दै उद्यमी बन्ने चाहनालाई अब कागजी प्रक्रियाले अवरोध नगर्ने बताए ।
कार्यक्रममा सहभागीहरूले निजी क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको मुख्य इन्जिनका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया