काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई भारत भ्रमणमा जाने भएका छन् ।
उनी भोलि भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ । भारतस्थित आईटीएम विश्वविद्यालयमा आयोजना हुने ‘डा.राममनोहर लोहिया स्मृति व्याख्यान’ कार्यक्रममा उनी प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् ।
उक्त कार्यक्रम डा.भीमराव अम्बेडकरको जन्मजयन्तीको अवसरमा विगत ११ वर्षदेखि आयोजना हुँदै आएको छ । यस वर्षको कार्यक्रम वैशाख १ गते तय गरिएको छ ।
भ्रमणका क्रममा भट्टराई वैशाख २ गते नयाँ दिल्लीस्थित साउथ एसियन युनिभर्सिटीको कार्यक्रममा पनि प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् ।
उनका साथमा पूर्व मन्त्री हिसिला यमि पनि कार्यक्रममा सहभागी हुने जनाइएको छ । भट्टराई वैशाख २ गते साँझ नै नेपाल फर्किने कार्यतालिका रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया