बलात्कार आरोपमा पक्राउ परेका कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा

लोकपथ
168
Shares

काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा भएका छन् ।

बलात्कारको आरोपमा चैत २१ गते काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका लम्साललाई प्रहरीले अनुसन्धानका क्रममा हाजिरी जमानीमा रिहा गरेको हो ।

अमेरिकामा बस्दै आएकी एक युवतीले गत शुक्रबार लम्सालमाथि अमेरिका मै बलात्कारको आरोप लगाएकी थिइन् । सोही आरोपपछि नेपाल प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानपछि कानुनी प्रक्रिया अनुसार उनलाई हाजिरी जमानीमा रिहा गरिएको हो । थप अनुसन्धान जारी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?