काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र नातावाद र कृपावाद रोक्न निर्देशन दिएका छन् ।
सिंहदरबारस्थित रास्वपा संसदीय दलको बैठकमा उनले मन्त्री र सांसदहरूलाई आफन्त तथा साथीभाइलाई नियुक्ति दिलाउने काममा नलाग्न चेतावनी दिएका हुन् ।
लामिछानेले सार्वजनिक पदमा नियुक्ति गर्दा पारदर्शिता र योग्यता आधार बन्नुपर्नेमा जोड दिँदै व्यक्तिगत सम्बन्धका आधारमा निर्णय नगर्न निर्देशन दिए ।
यसैबीच, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदबाट बर्खास्त गरिएको घटनापछि उक्त निर्देशन आएको हो । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले साहलाई उनकी श्रीमतीलाई नियुक्ति दिलाएको आरोपमा बिहीबार पदमुक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया